काठमाडौँ । नेपाली कांग्रेसको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ (नेविसङ्घ)का संस्थापक एवम् प्रजातान्त्रिक आन्दोलनका योद्धा वीरेन्द्रभक्त श्रेष्ठको आज निधन भएको छ । विसं २०१८ देखि नेपाली कांग्रेसको राजनीतिमा क्रियाशील श्रेष्ठको निधनप्रति नेपाली कांग्रेसको केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज शोक विज्ञप्ति जारी गरी गहिरो दुःख व्यक्त गरेका छन् । त्रिभुवन विश्वविद्यालय विद्यार्थी युनियनको पूर्वअध्यक्षसमेत रहेका…