काठमाडौँ । प्रतिनिधिसभाको शुक्रबारको बैठकमा सांसद्हरुले सहकारी र वैदेशिक रोजगारीमा ठगी गर्नेलाई कारबाही गर्नुपर्ने लगायतका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । बैठकको शून्य समयमा सांसद्हरुले महिला हिंसा अन्त्य हुनुपर्ने, पोखरामा १६ वर्षअघि जग्गा अधिग्रहण गर्दा मुआब्जाबापतको रकम नपाएकाले अदालतको आदेशबमोजिम रकम पाउनुपर्ने माग गरे । उनीहरुले सहकारी विवाद र सुन तस्करी प्रकरणमा जोडिएका व्यक्ति सरकारमा…