मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
विचार / ब्लग    

अमेरिकी राजनीति र हाम्रो बुझाइ

अमेरिकी राजनीति र हाम्रो बुझाइ

- पुण्य पुण्य

हिमालय खबर

शेयर गर्नुहोस:

7k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

तपाई आफ्ना छोराछोरीलाई निर्धक्क भएर ‘बाबुनानी तिमी डोनाल्ड ट्रम्प जस्तो हुनु है वा तिमी कमला ह्रारिस जस्तो हुनु’ भन्न सक्ने प्रतिशत जसमा बढी पाउनु हुन्छ त्यसैलाई भोट दिनु मानवीय गुण हो । हामी जस्तो देखिने वर्णाका मानिसहरू अफिसमा जाँदा ‘नेपाल वा जहाँबाट आएका हौ त्यहि गए भै गो नि त’ भन्ने वा हामी सेतो देखिनेबाट मात्र शासित हुनु पर्छ भन्ने हो भने त्यसको अोखती विनाश मात्र हो । हामीले हाम्रो विवेकलाई भन्नुपर्यो र स्विकार्नु पर्यो कि हामी पनि समान मानब र समान अमेरिकी जनता हौ ।

आफुलाई केहि न केहि रुपको दास सम्झने हो भने अरु विषयमा वहस गर्नु वेकार छ । त्यसको मतलब हामी र हाम्रा बच्चा पनि कसैबाट डर बोकेर शासित भएको मात्र भएको हेर्ने हो या हेर नानि वा बाबु कमला ह्यारिस कि आमा भारतवाट र बुबा जमैका बाट हामि जस्तै आएर राष्ट्रपति हुन सक्ने क्षमतामा पुगिन् । ल है यो देशले छाला, वर्ण, तिमि वा तिम्रो पुस्ता कहाँ बाट आएको नहेरेर तिम्रो क्षमता लाई हेर्छ । के थाहा तिमी पनि भोलि कर्म गर्दै जाँदा त्याहाँ पुग्ने सम्भावना चै छ है भनेर भन्ने वा नभन्ने ? त्यो तपाईको एक भोट ले निर्धारण गर्ने विषय हो । भ्यालु सेयरमा आफुलाई नखोज्ने र आफ्ना सम्भावना लाई त्यसको आधार नबनाउने हो भने हामी अमेरिकामा भए पनि मानसिक रुपमा तेस्रो मुलुक कै जनता भएर बाँच्ने छौ । राजनीतिक विश्लेषण र राजनितिक शिक्षाको सामान्य आधार त्यही हो ।

अमेरिकी समाज यो बेला चुनाबमय भएको छ । हाम्रो नेपाली समाज पनि अमेरिकी राजनिति लाई बुझ्न कोशिस गर्दैछ ।राष्ट्रपतिका दुइ उम्मेदवारहरूबीच भएको डिवेट हामी प्रायः सबैले हेर्याैँ। राजनीति विचारको भिन्नता हो । हामी पनि कोहि कमला ह्यारिस त कोही डोनान्ड ट्रमलाई भोट गर्ने मानसिकतामा छौ । सबैसँग आ आफ्नै आधार छन् । केहि आधार नेपालबाटै बोकेर ल्याएका छौं । केहि आधार हाम्रा नेपाली पाराकै छन । हिजो नेपालको राजनैतिक धरातलका आधारमा पनि याहाँ पार्टी निर्धारण गर्ने चलन छ । केहि आधार व्यक्तिगत फाइदाका पनि छन ।

ट्रम्पले जितेमा स्टकको मूल्य बढ्छ र पैसा कमाउन पाइन्छ भनेर सोम शर्माको सातुका सपना देख्नेहरू पनि हाम्रा बीच धेरै छन् । हामी कार्यकर्ता भएर वा त्यो प्रयोग देखेर आएका हरुलाई त्यहि बानी पनि छ कि यहाँ कसैले लहैलहैमा, कसैले आफ्नो साथीभाई त्यहि पार्टीमा अलिक वढि लचक भएर वा कोहि आफुलाई मन नपर्ने हाम्रै समाजको व्यक्ति एउटा पार्टिको समर्थक भयो भनेर वा हिजो नेपालमा राजावादी र कंग्रेस रिपब्लिकन र कम्युनिष्टहरु डेमोक्रयाट भन्ने सोच बोक्ने पनि यदाकदा भेटिन्छन् । यो भन्दा राजनैतिक अन्धविश्वास अरु हुनै सक्दैन । किनकी रिपब्लिकन वा डेमेक्यार्टिक पार्टी सिद्धान्ततः रुपले पुँजीवादी नै हुन । मात्र ४/५ वटा नीतिमा मात्र यिनिहरुको भिन्नता छ । अर्को मनन योग्य विषय हामि नेपाली तर्क, ज्ञान, सुचना, तथ्यका आधारमा आफ्नो धारणा परिर्वतन त्यति सजिलै गर्दैनौ ।

हामीमा रिस, इगो वा माथिल्लो निकाय र व्यक्तिबाट ‘ल अब त आफ्नो राजनितिक धार वा विचार परिर्वतन गर वा मैले गरे’ तसर्थ त पनि गर भनेर नअह्राएसम्म गदैनौ । हामी लोजिक र तथ्यबाट प्रभावित समाज हैन । हुकुम र प्रमाङ्गीबाट निर्देशित र शिक्षित समाज हो । तर हामी राजनैतिक सुझ भएको जस्तो चै मलाई लाग्दैन । राजनीतिक सुझ भनेको चुनावको एक हप्ता अघि सम्म पनि आफुले भोट गर्ने आधार भएका उमेरद्वारमा खोजी रहनु हो ।

प्रायः हामी नेपाली समुदायले हिजो डिवेट पनि कार्यकर्ता भएर हेर्याै । ट्रम्पले जे भने पनि, जस्तो भाषा प्रयोग गरे पनि वा कमलाले जसरी प्रस्तुत भएपनि, ऐजेण्डा बेस होस वा आरोप बेस होस त्यो प्रिसेट दिमागले गलत वा सहि विश्लेषण गर्दैन । हामीलाई कार्यकर्ता बन्नु पर्ने वाध्यता किन आईपऱ्यो ? किन हामी राजनितिक तथ्यका विषयमा जानकारी लिन खोज्दैनौ ? हुनत हामी चुनावलाई चाड मनाउने परम्पराबाट हुर्किएको भएर होला । आफ्नुपन पाउनुको मज्जा नै बेग्लै हुन्छ ।

मैले अमेरिकी राजनितिलाई बुझ्न प्रयास गरेको चाँही प्रेसिडेन्ट बाराक ओवामा र मिट रोम्नी बिचको डिवेट देखि हो । नेता राजनितिक पदमात्र हैन आदर्श व्यक्ति पनि हो । मैले त्यो डिवेट बाट राजनैतिक आचरण, भिन्न विचार तर तथ्य लाई स्विकार्ने राजनैतिक आचरण, त्यो जोस, जाँगर र राजनैतिक मिठास पाएको थिए । तर हिजो वा भनौ जब ट्रम्पको अमेरिकी राजनितिमा उदय भयो ती अमेरिकी राजनितिक मूल्य मान्यता कता गए ? आज डिवेटका विषय अपशब्द बोल्ने, प्रत्याशीलाई खिसि टियुरी गर्ने, वर्ण, जात, लुक्स लाईकका आधारमा गरिने राजनिति विभाजनको विजारोपण कस्ले गर्यो ? हुनत हामी त्यहि राजनितिक संस्कारबाट शिक्षित भएर आएका हरुलाई जति घोचपेच र अपशब्द प्रयोग गर्यो त्यति मज्जा आउने नै भो किनकि त्याहाँ आफ्नु पन आउँछ । तर अमेरिकामा राजनिति त्यस्तो थिएन र हामी त्यो देखेर आएका पनि हैन र त्यो हुनु पनि हुदैन ।

भोट कसलाई गर्ने भन्ने विषय मान्छे, समुदाय, उसले उपनाउने दर्शन, कुन विषय उसका लागि महत्वपूर्ण छ भन्ने हुनु पर्छ । आज हाम्रो नेपाली समुदायको आधार अमेरिकी समुदायमा पहिचानु को आधार नै हो । हाम्रो पहिचान चाहेर पनि नचाहेर पनि आप्रवासीकै हो । आप्रवासी समुदाय भित्र हामी पनि छौँ । चाहे त्यो भारतीय होस वा हैटियन होस ।

चाहे त्यो चाइनिज होस वा ग्वाटेमालियन नै होस । हिजो ट्रम्पले ओहायोमा हैटियनले कुकुर र विरालो खाए भनेको होस वा पहिलो चुनावमा मेक्सिकन हरु वलात्कारी, अपराधी हुन भनेको होस वा अफ्रिकन अमेरिकन, जब एसियनले खाए भनेको होस वा कोभीड १९ चाईनिज ले फैलाए भनेर न्युयोर्कमा वा क्यालिफोर्नियामा मा चाइनिजलाई आक्रमण गर्ने विषय हुन । ती सम्पूर्ण हर्कत आप्रवासी समुदायलाई भनिएका र गरिएका विषय हुन । ‘ए तिनीहरु लाई त भनिहाल्छ नि हामी त यो वा त्यो भनेर त्यस्तो हैन ।

हामि भिन्न छौ भन्ने हो’ भनेर जो जस्ले सोच्छ हामीलाइ पनि ट्रम्पले त्यसरी भन्न कुनै दिन बाँकी राख्नेछैनन् । अरूलाइ अपमानित गर्दा रमाउने हाम्रो नेपाली स्वभाव अाफूलाइ पर्दा दुःख मनाउने कोही निस्कने छैनन् त्यतिखेर । प्रार्थना गरौ त्यो दिन नआओस । हामी निरिह बन्छौ । विश्वमा पहिचान नहुँदाको पीडा र पहिचान बचाउन गरिएका युद्ध का साक्षी अहिलेको रसिया र युक्रेन, हमास र प्यालेष्टाइन , हिजो जर्मनिमा भएको होलोकोस्ट नाजी र जुइस बीचको पहिचान निर्माण र संरक्षणकौ विषय थिए र छन । पहिचान विनाको समृद्ध भुटान हाम्रा भुटानी नेपालीलाई के मतलब, पहिचान बिनाको आधुनिक जर्मनी जुइसलाई के मतलब, पहिचान बिनाको आजको युक्रेन युक्रेनियनलाई के मतलब ?

भोट एउटा भोट मात्र हैन । त्यो तपाईले उमेरद्वारको ऐजेन्डा, भाषा, व्यक्तिगत जीवन, संस्कार, शैली, उसका इतिहास आदीका विषयमा सहि छाप गर्ने विषय हो ।

(ड्यालस, टेक्सस)