काठमाडौँ । उपप्रधान एवं गृहमन्त्री रवि लामिछानेले आफू सरकारमा भए पनि सरकार अरुले नै चलाएको गुनासो गरेका छन् । गृहमन्त्री बनेको सयदिन पुगेको अवसरमा सञ्चारकर्मीहरुसँग संक्षिप्त कुराकानी गर्दै उनले सरकार फेरिँदा पनि सत्ता नफेरिएको टिप्पणी गरेका हुन् । गृहमन्त्री लामिछानेले आफूले भ्रष्टाचारलगायत विभिन्न प्रकारका फाइल खोल्न चाहे पनि सत्ता पक्षबाट असहयोग भएको संकेत गरेका छन्…