पथरी । नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएकालाई कारबाहीको माग गर्दै सक्कली भुटानी शरणार्थी सडकमा निस्किएका छन् । मोरङको पथरी शनिश्चरे शिविर क्याम्पमा रहेका भुटानी शरणार्थीले उक्त प्रकरणमा संलग्नलाई कारबाहीको मागसहित आफूहरुको व्यवस्थापनमा ध्यान दिन सरकारलाई आग्रह गरेका छन् । नेपाली नागरिकलाई नक्कली भुटानी शरणार्थी बनाएर अमेरिका पठाउने गिरोह पक्राउ परेसँगै देशभर व्यापक विरोध भइरहेको छ…