काठमाडौँ । राष्ट्रियसभा सांसद् वामदेव गौतमले वैदेशिक रोजगारीबाट आएको रकमलाई मुलुकको विकासमा खर्च गरिनुपर्ने बताएका छन् । राष्ट्रियसभाको बुधबारको बैठकको विशेष समयमा उनले प्राप्त रकमलाई सरकारले कम्तीमा १० प्रतिशत ब्याज दिने गरी विकास निर्माणमा खर्च गर्न सकिने धारणा राखे । सांसद् तथा नेता गौतमले भने, ‘वैदेशिक रोजगारीबाट प्राप्त रकम जनताको रगत र पसिना हो, त्यो…