मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

ग्लोबल नेपाली   
मुख्य समाचार   

दूतावास नभएका देशमा एनआरएनएले दूतको काम गरेको छ : अध्यक्ष केसी

दूतावास नभएका देशमा एनआरएनएले दूतको काम गरेको छ : अध्यक्ष केसी


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

टोकियो । गैरआवसीय नेपाली संघ (एनआरएनए)का अध्यक्ष डा. बद्री केसीले संघले विदेशमा सरकारको दूतको रुपमा नेपालीहरुलाई सहयोग पु¥याइरहेको बताएका छन् ।

जापानको राजधानी टोकियोमा आयोजित १४ औँ नेपाल फेस्टिवल २०२४ को उद्घाटन समारोहमा विशिष्ट अतिथिको रूपमा सम्बोधन गर्दै अध्यक्ष डा केसीले हाल ८७ देशमा संगठित एनआरएनएले दूतावास नभएको देशमा सरकारको दूतको रूपमा एनआरएनएले काम गरिरहेको बताएका हुन् ।

सो अवसरमा अध्यक्ष डा केसीले गैरआवासीय नेपाली नागरिकताको प्राप्तिसँगै अब नेपालमा सानादेखि ठूला लगानी गर्न पनि निर्देशिका बनिसकेको जिकिर गरे ।

विदेशीलाई जसरी नभई नेपाली नागरिकसरह लगानी गर्न पाउने वातावरण मिलाउन थप कानुन बनिरहेको जानकारी गराउँदै उनले विदेशमा बस्ने नेपालीले रेमिट्यान्स मात्रै होइन अब लगानी पनि भित्र्याउन सक्ने उल्लेख गरे ।

‘नेपाल र नेपालीको जापानमा पहिचान, १४ औँ नेपाल फेस्टिवलमार्फत नेपालमा पर्यटन प्रवर्द्धन’ भन्ने मूल नाराका साथ नोभेम्बर ३० र डिसेम्बर १ मा टोकियोको नाकानो सिकिनोमोरी पार्कमा फेस्टिवल जारी छ ।

एनआरएनए जापानका अध्यक्ष तथा फेस्टिवल मूल आयोजक समितिका संयोजक नवीन निउरेको सभापतित्वमा भएको कार्यक्रम जनजाति महासंघ जापानका अध्यक्ष हवलचन्द्र लामाले स्वागत मन्तव्य दिएका थिए ।

नेपाल फेस्टिवल २०२४ एनआरएनए जापान, जापानका लागि नेपाली राजदूतावास र नेपाल आदिवासी जनजाति महासंघ जापानको संयुक्त आयोजनामा गरेको हो ।

नाकानो नगरका मेयर प्रमुख आतिथ्यतामा भएको फेस्टिवलमा एनआरएनए जापानका महासचिव टीकाराम खरेल र जनजाति महासंघ जापानकी महासचिव प्रेमिला राईले कार्यक्रम सञ्चालन गरेकी थिइन् ।

शेयर गर्नुहोस:

108
Shares