मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

मुख्य समाचार   
राजनीति-समाज   

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा

स्थानीय सरकारसँग समन्वय गरेर अगाडि बढ्छौँ : मुख्यमन्त्री लामा

हिमालय खबर

शेयर गर्नुहोस:

81
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

बागमती । बागमती प्रदेशका मुख्यमन्त्री बहादुरसिंह लामा (तामाङ)ले योजनाहरू कार्यान्वयनका लागि स्थानीय सरकारसँग समन्वय र सहकार्य गरेर अघि बढ्न प्रदेश सरकार प्रतिबद्ध रहेको बताएका छन् ।

हेटौँडा उपमहानगरपलिका–१२ को चुनावी विजयीसभालाई आइतबार सम्बोधन गर्दै मुख्यमन्त्री लामाले प्रदेश सरकार जहिले पनि स्थानीय तहसँग समन्वय र सहकार्य गरेर अघि बढ्न तयार रहेको बताए ।

वडा र पालिकाका योजनाको कार्यान्वयन गर्न आपसी छलफलका माध्यमबाट अघि बढ्ने बताउँदै उनले संविधानमा भएको प्रदेश सरकार र स्थानीय तहको साझा अधिकारलाई कार्यान्यवन गर्न प्रदेश सरकार प्रयत्नशील रहेको उल्लेख गरे ।

योजना कार्यान्वयका लागि स्थानीय सरकारलाई आवश्यक ऐन, कानुन स्थानीय तहसँग समन्वय गरेर प्रदेश सरकारले निर्माण गरिरहेको बताउँदै मुख्यमन्त्री लामाले प्रदेश सरकारलाई चाहिने आवश्यक थुप्रै ऐन, कानुन बनेर कार्यान्वयनको प्रक्रिया गइसकेकोले अब स्थानीय तहलाई आवश्यक ऐन, कानुन बनाउन प्रदेश सरकार जोड दिएको बताए ।

विजयीसभामा हेटौँडा उपमहानगरपालिका–१२ को वडा अध्यक्षमा नवनिर्वाचित अर्जुनप्रसाद तिवारीले उपनिर्वाचनका क्रममा जनतासँग आफूले गरेको बाचा पूरा गर्न प्रतिबद्ध रहेको बताउँदै आफ्नो अमूल्य मत दिएर विजय गराउने मतदाताप्रति आभारसमेत व्यक्त गरे ।

उपनिर्वाचनमा दुई हजार ६३ मत ल्याएर नेपाली कांग्रेसका उम्मेवार तिवारी वडाध्यक्षमा निर्वाचित भएका हुन् । उनका निकतम् प्रतिद्वन्द्वी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का रविकुमार प्रधानले एक हजार पाँच सय ६० मत प्राप्त गरे ।

गत २०७९ को स्थानीय तह निर्वाचनमा सो वडाको वडाअध्यक्षमा निर्वाचित माओवादी केन्द्रका ललितबहादुर घलान जिल्ला समन्वय समितिको प्रमुख निर्वाचित भएपछि रिक्त वडाध्यक्ष पदका लागि हिजो उपनिर्वाचन भएको थियो ।