विश्वकप क्रिकेट : नेपालले अन्तिम खेलमा सोमबार बङ्गलादेशसँग खेल्ने

काठमाडौँ । आइसिसी विश्वकप क्रिकेट २०२४ अन्तर्गत समूह 'डी' को आफ्नो अन्तिम खेलमा नेपालले भोलि बङ्गलादेशको सामना गर्दैछ । वेस्टइन्डिजको सेन्ट भिसेन्टस्थित अरनोस भाले रङ्गशालामा हुने उक्त खेल नेपाली समयअनुसार बिहान ५ः१५ बजेदेखि सुरू हुनेछ । अन्तिम आठमा स्थान बनाउने प्रतिस्पर्धाबाट बाहिरिसकेको नेपालका लागि उक्त खेल प्रतिष्ठाका लागि मात्र हुनेछ । तर, बङ्गलादेशका लागि भने…