प्राध्यापक हत्याका योजनाकार विद्यार्थी सोभिता थापा १६ वर्षपछि पक्राउ

काठमाडौँ । काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयको टोलीले हत्याका योजनाकार एक महिलालाई १६ वर्षपछि पक्राउ गरी मंगलबार सार्वजनिक गरेको छ । पक्राउ पर्नेमा धादिङ साविक बुढाथुम गाविस–३ हाल गङ्गा जमुना नगरपालिका–७ घर भई हाल ललितपुर महानगरपालिका–२६ ढोलाहिटी बस्ने ४१ वर्षीया सबिता थापा (अधिकारी) रहेको काठमाडौँ उपत्यका अपराध अनुसन्धान कार्यालयका प्रवक्ता तथा प्रहरी उपरीक्षक रवीन्द्र रेग्मीले…