छिटो मार्गप्रशस्त गरिदिन प्रचण्डलाई ओलीको आग्रह

काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डलाई छिटो मार्गप्रशस्त गर्न आग्रह गरेका छन्। मंगलबार बिहान बालुवाटार पुगेर ओलीले कांग्रेससँग भएको सहमतिबारे जानकारी दिँदै मार्गप्रशस्त गर्न आग्रह गरेका हुन् । उनले कांग्रेससहितका दलको समर्थनमा आफू प्रधानमन्त्री बन्ने सहमति भइसकेको जानकारी दिँदै प्रचण्डलाई पनि राष्ट्रिय सहमतिको सरकारमा सामेल हुन आग्रह गरेका छन्…