वरिष्ठ पत्रकार बस्नेतको निधनप्रति कांग्रेस सभापति देउवाद्वारा दुःख व्यक्त

काठमाडौँ । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले वरिष्ठ पत्रकार एवं राजनीतिकर्मी माथवरसिंह बस्नेतको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । नेपालमा लोकतन्त्र स्थापना, पार्टी सङ्गठन तथा पत्रकारिता क्षेत्रमा स्वर्गीय बस्नेतले पुर्‍याएको योगदानको स्मरण गर्दै सभापति देउवाले उनीप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गरेका हुन् । उनले दिवङ्गत आत्माको चिरशान्तिको कामना गर्दै शोकसन्तप्त परिवारजनप्रति पार्टी र…