काठमाडौँ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरत्सिंह भण्डारीले सुरक्षित र मर्यादित वैदेशिक रोजगारीका लागि इमान्दारीतापूर्वक सेवा प्रवाह गर्न व्यवसायीलाई सुझाव दिएका छन् । वैदेशिक रोजगार बोर्ड सचिवालयद्वारा आयोजित ‘कानुनी÷नैतिक भर्तीसम्बन्धी कार्यशाला गोष्ठी’ मा उनले वैदेशिक रोजगार व्यवसायप्रति आमनागरिकको विश्वास बढ्ने गरी काम गर्नुपर्ने बताए । त्यसका लागि सेवा प्रवाह पारदर्शी बनाउन सुझाव दिँदै उनले…