मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

जनतालाई अनावश्यक निराश बनाउनु पनि एक अपराध हो : प्रधानमन्त्री

जनतालाई अनावश्यक निराश बनाउनु पनि एक अपराध हो : प्रधानमन्त्री


शेयर गर्नुहोस:

297
Shares

  • change font
  • change font
  • change font

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीले जनतालाई अनावश्यकरुपमा निराश बनाउनु एक प्रकारको अपराध हुने बताएका छन् ।

आज आयोजित एक कार्यक्रममा प्रधानमन्त्री ओलीले देशलाई बर्बादीतिर धकेल्ने होइन आशावादीतामा फर्काउनुपर्नेमा जोड दिएका हुन्  ।

प्रधानमन्त्री ओलीले भने, “केही फेसबुक र युट्युब र आँखामा कालोपट्टि बाँधेर हेर्ने दृष्टिकोण भएकाहरूका कारण निराशा छ भनेर मुलुकलाई बदनाम गर्न खोजिएको छ । त्यो यथार्थ होइन ।”

विगतमा आफू प्रधानमन्त्री हुँदा थालेका महत्त्वपूर्ण आयोजना र चालिएका कदमलाई तीव्रताका साथ पूरा गर्ने दृढता लिएर सरकार अघि बढिरहेकाले युवाहरूलाई निराश होइन, हामी आफैले आफ्नो देश बनाउन सक्छौँ भन्ने आशावादका साथ देशभित्रै केन्द्रित हुन आग्रह गरे ।

“यहाँ काम गर्ने मान्छे छैन, मान्छेहरू काम पाइन्छ भनेर देश बाहिर गइरहेका छन् । यस देशमा केही भएन भन्ने मिसनका साथ सञ्चालित र पुरातनवादी तत्त्वहरू छटपटाएका छन् ।

उसले दुई सय पचास वर्ष शासक भएर खाएको सम्झिएको छ । उनीहरू यो लोकतान्त्रिक प्रणालीको चुनावबाट आउने सम्भावना नदेखेर मुलुकमा केही पनि भएन भन्दैछन् ।”, प्रधानमन्त्री ओलीको भनाइ थियो, “अधिनायकवाद र तानाशाहमा विश्वास गर्नेहरूले आशा जगाउने कुरा गर्दा पनि गाली गरिरहेका छन् । आशावाद र विकासको कुरा गर्ने कलाकारको चलचित्र बहिष्कार गर्ने भन्न पछि पर्दैनन् । यस्तो खालको असहिष्णुता  र संकीर्णता बोक्नेहरूले लोकतन्त्र पचाउन नसकेका हुन् । यथार्थमा लोकतन्त्र श्रेष्ठ विकल्प हो । यसको विकल्प छैन, त्यसै गरी आशावादीता ठिक बाटो हो, यसलाई छोड्न हुँदैन ।”

शेयर गर्नुहोस:

297
Shares