मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   
मुख्य समाचार   

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग

नेपालीलाई बन्धक बनाउने गिरोहमाथि कारबाहीको माग


शेयर गर्नुहोस:

108
Shares

  • change font
  • change font
  • change font

धनगढी । भारतको उत्तराखण्डस्थित उदमसिंहनगरमा नेपालीहरूलाई अपहरण गरेर बन्धक बनाउने गिरोहमाथि कारबाही गर्न सुदूरपश्चिम प्रदेश सभाका सदस्यले सरकारको ध्यानाकर्षण गरेका छन् ।

प्रदेश सभाको आज बैठक प्रारम्भ हुनासाथ सभामुखबाट समय लिएर प्रमुख प्रतिपक्षी नेपाल कम्युनिस्ट पार्टी (माओवादी केन्द्र)का सांसद मानबहादुर धामीले रोजगारी दिने बहानामा रकम असुली गरी अपहरण गरेर बन्धक बनाइएका ५८ जना नेपालीको यही असार ११ गते कञ्चनपुरको गड्डाचौकी सीमानाकाबाट उद्धार गरिएको घटनालाई गम्भीर रूपमा लिन ध्यानाकर्षण गराएका हुन् ।

Advertisement

भारतस्थित नेपाली राजदूतावास, किङ्ग भारत, स्थानीय प्रशासन, शुभ अवसरग्राम नेपाल नामको संस्थाको संयुक्त पहलमा बन्धक बनाइएका नेपालीको उद्धार भएको जानकारीमा आएको धामीले बताए ।

सत्तापक्ष नेकपा (एमाले)की जानकी ऐर बमले सुदूरपश्चिम प्रदेशलाई साक्षर प्रदेश घोषणा गर्न धनगढीमा आयोजित समारोहमा मर्यादाक्रमविपरीत प्रदेशसभा सदस्यलाई प्रदेश नीति तथा योजना आयोगका उपाध्यक्षभन्दा पछाडिको सिटमा आसनग्रहण गराएर प्रदेशसभा र सुदूरपश्चिम प्रदेशवासीमाथि नै अपमानित गर्ने काम भएको भन्दै सरकारको तत्काल जवाफ माग गरेका छन् ।

आजको बैठकले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक सर्वसम्मतिले पारित गरेको छ। उक्त विधेयकमाथि भएको दफावार छलफलमा प्रदेशसभाका सदस्य अक्कलबहादुर रावल, विक्रमसिंह धामी र चक्रबहादुर मल्लले भाग लिएका थिए ।

बैठकमा आन्तरिक मामिला तथा कानुनमन्त्री हिरा सार्कीले सुदूरपश्चिम प्रदेशसभाको सचिव र सचिवालय व्यवस्थापनसम्बन्धी ऐन २०७५ लाई संशोधन गर्न बनेको विधेयक पारित गरियोस् भनी प्रस्ताव पेस गरेका थिए ।

शेयर गर्नुहोस:

108
Shares