कास्की । प्रहरीले लागूऔषध बिक्री–वितरण गरेको आरोपमा पूर्वसांसद पोखरा–२४ निवासी ४८ वर्षीय डा. ढाकाकुमार श्रेष्ठलाई बिहीबार पक्राउ गरेको छ । लागूऔषध ट्याबलेट ९७ चक्कीसहित पक्राउ परेका रोल्पा त्रिवेणी गाउँपालिका–७ स्थायी घर भई हाल पोखरा महानगरपालिका–४ बस्ने ४२ वर्षीय प्रकाश थापामगरले पोखरा–९ पृथ्वीचोकमा रहेको दिया फार्मेसीबाट सो लागूऔषध खरिद गरी ल्याएको बयान दिएपछि प्रहरीले श्रेष्ठलाई पक्राउ…