पाटन । नेपाली कांग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले भाषाभाषीबीचको विविधताले नेपालको पहिचान जोगाउने काम गरेको बताएका छन् । नेपाल लोकतन्त्रवादी आदिवासी जनजाति महासङ्घको केन्द्रीय कार्यसमितिद्वारा २८औँ स्थापना दिवसका अवसरमा कांग्रेसको केन्द्रीय कार्यालय सानेपामा शुक्रबार आयोजित शुभकामना आदानप्रदान तथा चियापान कार्यक्रममा मन्तव्य राख्दै सभापति देउवाले विभिन्न जातजातिका पहिचानलाई जोगाउँदै पहिचानसहितको राष्ट्र बनाउने कार्यले नेपाललाई सुन्दर…