जलेश्वर । बडादसैँको महानवमीका दिन मिथिलाको घरघरमा कन्यापूजन गरी नवरात्रि समापन गरिँदै छ । महोत्तरीसहित मिथिला क्षेत्रमा महानवमीका दिन घरघरमा कन्या पूजा गरी नवरात्रिपर्व समापन भइरहेको जलेश्वर–८ का पण्डित गोविन्द झाले बताए । बडादसैँको घटस्थापनादेखि आजसम्म नौ दिनसम्म व्रत बसेका श्रद्धालु महिला तथा पुरुषले आज नवौँ दिनका अवसरमा गच्छेअनुसार पाँच, सात वा नौजना कन्यालाई बोलाएर…