काठमाडौँ । पार्टी सभापति शेरबहादुर देउवाको धारणा भनी राजसंस्थाबारे प्रकाशित भ्रामक र कपोलकल्पित समाचारप्रति नेपाली कांग्रेसले ध्यानाकृष्ट भएको जनाएको छ । कांग्रेसले बिहीबार विज्ञप्तिमार्फत भ्रामक र कपोलकल्पित समाचारको निन्दा र भर्त्सना गरेको हो । कसैले क्षणिक स्वार्थ पूर्ति गर्न राजसंस्थाबारे उनको धारणा भनी सञ्चारमाध्यममा गलत सूचना सम्प्रेषण गर्नु अनैतिक र घोर आपत्तिजनक कार्य हो ।…