काठमाडौँ । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नागरिकलाई उत्तेजनामा ल्याउने अभिव्यक्ति नदिन आग्रह गरेका छन् । सोमबार बुढानिलकण्ठमा बसेको पार्टीको पदाधिकारी बैठकपछि सञ्चारकर्मीहरूलाई प्रतिक्रिया दिदै महामन्त्री थापाले प्रधानमन्त्रीलाई आगामी दिनमा यस्ता उत्तेजक अभिव्यक्ति नदिन ध्यानाकर्षण गराएका हुन् । उनले कसैले पनि उत्तेजनामा ल्याउने काम गर्न नपाइने भन्दै प्रधानमन्त्री स्वयंले नै उत्तेजक…