मुख्य समाचार

पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति

पूर्वउपप्रधानमन्त्री पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अनुमति


शेयर गर्नुहोस:

81
Shares

  • change font
  • change font

काठमाडौँ । नेकपा (एमाले)का उपाध्यक्ष एवम् पूर्वअर्थमन्त्री विष्णुप्रसाद पौडेललाई थप तीन दिन थुनामा राखेर अनुसन्धान गर्न अदालतले अनुमति दिएको छ ।

सोमबार विशेष अदालतले पौडेललाई थप तीन दिन थुनामा राख्न अनुमति दिएको हो । यसअघि ७ दिन हिरासतमा राख्न अनुमति दिएको थियो । विशेष अदालतका न्यायाधीशहरू नारायणप्रसाद पौडेल, हेमन्त रावल र उमेश कोइरालाको इजलासबाट म्याद थप भएको हो ।

Advertisement

सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले म्याद थपका लागि सोमबार अदालतमा पेश गरेको थियो । विभागले पौडेललाई असार ८ गते सुर्खेतबाट पक्राउ गरेको थियो । सम्पत्ति शुद्धीकरणसम्बन्धी कसुरमा पौडेललाई जरुरी पक्राउ पूर्जी दिएर सुर्खेतबाट पक्राउ गरी काठमाडौं ल्याइएको थियो ।

सम्पत्ति शुद्धीकरण विभागले यसअघि २० दिन थुनामा राख्न अनुमति मागेको थियो । यसअघि असार ९ गते पौडेललाई अनुसन्धानका लागि ७ दिनको म्याद थपिएको थियो ।

यता पौडेलकी श्रीमती दोमाया पौडेलले आफ्ना पतिलाई गैरकानुनी थुनामा राखिएको उल्लेख गर्दै सर्वोच्चमा दायर रिटमाथि भोलि दोस्रो सुनुवाइ हुँदै छ ।

यसअघि न्यायाधीश श्रीकान्त पौडेलको इजलासले कारण देखाउ आदेश जारी गरेको थियो । पौडेल पक्राउ परेपछि एमालेले आपत्ति समेत जनाएको छ । उनको तत्काल रिहाइको माग एमालेले गरेको छ ।