काठमाडौँ । अर्थमन्त्री डा. प्रकाशशरण महतले आर्थिक रुपान्तरणको बलियो खम्बा कृषि रहेको बताएका छन् । बिपी चिन्तन प्रतिष्ठान केन्द्रीय समितिद्वारा आयोजित ‘नेपालमा आर्थिक रुपान्तरणका आधारहरू सुशासन, ऊर्जा, कृषि, पर्यटन र श्रम तथा रोजगार’ विषयक विचारगोष्ठीमा मन्त्री डा. महतले मुलुकको आर्थिक विकासलाई नेतृत्व गर्ने बलियो आधार कृषि रहेको उल्लेख गरे । “मुलुकमा लोकतन्त्र स्थापना अगाडि राजनीति…