मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

बिजनेस/ इकोनोमी   

‘नमस्ते फर्निचर’को अर्को आउटलेट हेरिसबर्गमा

‘नमस्ते फर्निचर’को अर्को आउटलेट हेरिसबर्गमा

हिमालय खबर

शेयर गर्नुहोस:

4.8k
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

अमेरिका । अमेरिकाको टेक्सस राज्यको डालसमा रहेको नेपाली समुदायको पहिलो फर्निचर स्टोर “नमस्ते फर्निचर” ले पेन्सलभेनिया राज्यको राजधानी हेरिसबर्गमा आफ्नो आउटलेट विस्तार गरेको छ।

हेरीसबर्गको ग्लष्यल क्त्रगबचभ उबिशशब मा स्थापना गरिएको “ नमस्ते फर्निचर हेरीसबर्ग” को यसै साता एक समारोहबीच ग्रान्ड ओपनिङ गरिएको हो। गुरु पुरोहितले विधिपूर्वक पूजा आराधना गरेपछि कलाकार तथा जनप्रतिनिधिहरूले रिबन काटेर आउटलेटको समुद्घाटन गरेका थिए।

नेपाली चलचित्र जगतकी एक समयकी चर्चित नायिका सारंगा श्रेष्ठ, अमेरिकामानै रहेका नायक मुकेश ढकाल, सुस्केहन्ना टाउनसिप कमिसनर फ्रेड फेलोना र भुटनिज कम्युनिटी अफ ह्यारिसबर्गका अध्यक्ष तिलक निौलाले संयुक्तरुपमा रिबन काटेर शुभारम्भ गरेको सो समारोहमा अतिथिहरुले नेपाली समुदायबाट फर्निचर स्टोर खोलिनु सुखद भएको भन्दै शुभकामना दिएका थिए ।

नमस्ते फर्निचर ह्यारिसबर्गमा ह्यारिसबर्गकै बासिन्दा भवानी महत, टेक्सस बासिन्दा सञ्चारकर्मी तथा चलचित्र निर्देशक सुरेश दर्पण पोखरेलको साथमा बल्लभ पौडेल र रोशन घिमिरेको संयुक्त लगानी रहेको छ ।

सो अवसरमाउच्च गुणस्तरीय फर्निचर सुपथ मूल्य उपलब्ध गराउने उद्देश्यसहित नेपाली समुदाय रहेका विभिन्न शहरहरुमा स्टोर विस्तार गर्ने लक्ष अनुरूप अब छिट्ट अर्को शाखा ओहायोमा खोल्न लागिएको पनि जानकारी गराइएको थियो ।