नागरिकमा आत्मविश्वास जगाउने लक्ष्यका साथ १८ खर्ब ६० अर्बको बजेट प्रस्तुत

काठमाडौँ । सरकारले अर्थतन्त्रमा परेको नकारात्मक असरलाई कम गर्दै नागरिकमा आत्मविश्वास र आशा जगाउने लक्ष्यका साथ आगामी आर्थिक वर्षको बजेट प्रस्तुत गरेको छ । अर्थमन्त्री वर्षमान पुनले सङ्घीय संसद्मा पेस गरेको आर्थिक वर्ष २०८१ /८२ मा बजेट आर्थिक तथा सामाजिक क्षेत्रमा देखिएको चुनौती सम्बोधन गर्ने महत्वपूर्ण दस्तावेजका रुपमा लिइएको छ । केही समयदेखि शिथिल रहेको…