पुँजीबजारको निष्पक्ष र पारदर्शी विकासका लागि प्रतिबद्ध छु : सेबोन अध्यक्ष श्रेष्ठ

काठमाडौँ । नेपाल धितोपत्र बोर्ड (सेबोन)का नवनियुक्त अध्यक्ष सन्तोष नारायण श्रेष्ठले निष्पक्ष र पारदर्शी तरिकाले पुँजीबजारको विकासका लागि काम गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । इकोनोमिक मिडिया सोसाइटी नेपाल (इम्सन)द्वारा आयोजित स्वागत कार्यक्रममा उनले पुँजीबजारका लगानीकर्ताको मनोबल उच्च बनाइराख्नका लागि सेबोनले सबै सरोकारवाला संस्थासँग सहकार्य गर्नेसमेत उल्लेख गरे । “अहिले पुँजीबजारको दायरा विस्तार र सरकारवालाको…