काठमाडौँ । ‘जेनजी’ प्रदर्शनका क्रममा क्षतिग्रस्त भए पनि वैदेशिक रोजगार विभागले श्रमसम्बन्धी सेवा निरन्तर दिइरहेको छ । गत भदौ २३ र २४ गते भएको प्रदर्शनले आगजनी र तोडफोड भएको ताहाचलस्थित वैदेशिक रोजगार विभागमा सुरक्षित रहेका केही कोठालाई व्यवस्थापन गरेर सेवा सञ्चालन भइरहेको छ । व्यक्तिगत श्रम स्वीकृति, वैदेशिक रोजगार कार्यालयको सहायता कक्ष, प्रशासन शाखा, उद्धार…