बजेटमा गैरआवासीय नेपालीका मुद्दा समेटिएकोमा एनआरएनएद्वारा स्वागत

काठमाडौँ । गैरआवासीय नेपाली सङ्घ (एनआरएनए) ले नेपाल सरकारले आर्थिक वर्ष २०८३/०८४ को बजेटमार्फत डायस्पोरा र वैदेशिक रोजगारीमा रहेका श्रमिकहरूका लागि विभिन्न नीतिगत व्यवस्थाहरू गरेको भन्दै स्वागत गरेको छ । सङ्घले बजेटलाई ’ऐतिहासिक र सकारात्मक’ कदमको रूपमा व्याख्या गर्दै सरकारप्रति आभार व्यक्त गरेको छ । सङ्घका प्रवक्ता सोमनाथ सापकोटाद्वारा शुक्रबार जारी विज्ञप्तिमा संविधानले सुनिश्चित गरेको…