काठमाडौँ । अर्थमन्त्री डा प्रकाशशरण महतले नेपालमा लगानी गर्न एसियाका बैंकहरूलाई आग्रह गरेका छन् । बिहीबारदेखि यहाँ सुरु भएको एसियन बैंकर सङ्घको सम्मेलनमा अर्थमन्त्री डा महतले नेपालमा लगानीका प्रशस्त सम्भावना रहेको भन्दै एसियन मुलुकका बैंकका प्रमुख कार्यकारी अधिकृत (सिइओ) समक्ष लगानी गर्न आह्वान गरे । ‘नेपालमा निजी क्षेत्रका साथै विदेशी लगानीकर्ताका लागि ठूलो सम्भावना छ,’…