काठमाडौँ । कोभिड–१९ महामारीले झण्डै तीन वर्ष खुम्चिएको मुलुकको पर्यटन क्षेत्र विस्तारै पुरानैलयमा फर्किएकाले पर्यटन क्षेत्र पुनः जुर्मुराउन थालेको व्यवसायीले बताएका छन् । महामारीपश्चात पर्यटन क्षेत्रमा लगानी बढिरेहको र पछिल्लो पटक विदेशी पर्यटक आगमनको सकारात्मक वृद्धिले पर्यटन क्षेत्रमा उत्साह थपिएको उनीहरूको बुझाइ छ । पर्यटकीय गतिविधिलाई चलायमान बनाएर यस क्षेत्रबाट मुलुकलाई आर्थिक समृद्धिको दिशामा अघि…