काठमाडौँ । गत साता मुलुकका विभिन्न स्थानमा गएको बाढी पहिरोका कारण भत्किएका सडक तथा पुलको स्थायी मर्मत गर्न रु. २० अर्बदेखि २५ अर्ब लागत लाग्ने अनुमान गरिएको छ । भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले क्षतिग्रस्त सडक निरीक्षणपछि संरचनाहरूको स्थायी रूपमा सुधार गर्न सो बराबरको बजेट आवश्यक भएको जनाएको छ । मन्त्री देवेन्द्र दाहालले बाढी पहिरोमा…