प्रवासी मंच (एमालेको विदेशस्थित छाता संगठन)-ले नयाँ वर्षको शुभकामना आदान–प्रदान कार्यक्रम प्रधानमन्त्री केपी ओलीको प्रमुख आतिथ्यतामा अनलाइन जुममार्फत गर्ने भएछ,यही वैशाख १ गते। यो सुनेर म स्तब्ध भएँ! मेरो दिमागमा प्रश्नहरूको भुइँचालो नै आयो। र सोच्न थालेँ – म स्वयं आयोजक अथवा प्रमुख अतिथि भएको भए म कसरी सम्बोधन गर्थेँ? पहिले आयोजक भएर सोच्न थालेँ …