समसामयिक विषयवस्तुहरुलाई समेटेर हिमालय खबरले शुरु गरेको ‘हिमालय टक शो' अन्तर्गत टेक्सस हाउस-अफ-रिप्रिजेन्टेटिभ्सकी सदस्य जुली जन्सन्संग गत शनिवार एक प्रत्यक्ष सम्वाद कार्यक्रम सम्पन्न भएको छ।
हिमालय खबरकी प्रस्तोता ईशा शर्माले संचालन गरेकी सो 'हिमालय टक शो' सम्वादमा टेक्सस हाउस डिस्ट्रिक्ट-११५ बाट निर्वाचित सदस्य जुली टेक्सस हाउस अप रिप्रेजेन्टेटिभमा प्रतिनिधित्व गर्ने एलजिबिटी (लेस्वियन, गे, बाइसेक्स्यूअल, ट्रान्सजेण्डर) समुदायकी सदस्य पनि हुन्। पेशाले कानून व्यवसायी जुलीले डालास काउण्टी अन्तर्गतको आफ्नो निर्वाचन क्षेत्रमा लामो समय देखिको रिपब्लिकन बर्चस्वलाई कमजोर पार्दै जित हाॅसिल गरेकी हुन्। उनले रिपव्लिकन पार्टीका तर्फबाट बहालवाला हाउस मेम्वर म्याट रिनाल्डीलाई पराजित गरेकी हुन्।
घोषित रुपमै एलजिबिटी समुदायका तर्फबाट डेमोक्रेटिक पार्टीबाट निर्वाचित रिप्रिजेन्टेटिभ जुलीले चुनावका बेला अघि सारेकी दुई मु्ख्य एजेण्डा- ‘सबैका लागि स्तरीय शिक्षा र स्वास्थ्य सेवामा समान पहुॅच’ का लागि आवश्यक ऐन-कानून, नीति नियम तर्जुमा र कार्यान्वयनमा आफ्नो पहिलो कार्यकालमा विशेष ध्यान दिएको बताएकी छिन्। प्रस्तोता इशाको एक प्रश्नमा हाउस मेम्बर जुलीले भनिन्- शिक्षा र स्वास्थ्यमा सबैको समान पहुॅच नभई हामीले चाहेको स्वस्थ्य समाज निर्माण गर्न सकिन्न। ‘शिक्षा त्यस्तो कुरा हो जसलाई तिमीबाट कसैले खोस्न सक्दैन र त्यसैले तिमीलाई जीवनमा चाहेको कुरा प्राप्त गर्न लगातार लागिरहन सघाउॅछ’ आफ्नी आमाले भनेको कुरा सम्झॅदै रिप्रिजेन्टेटिभ जुलीले शिक्षाको महत्वबारे बताइन्। टेक्ससमा स्वास्थ्य सेवामा सर्वसाधरणको पहुॅचको अवस्था निकै नाजुक छ। पचास स्टेटहरु मध्ये टेक्सस पुछारमा अर्थात ५० औं स्थानमा रहेको छ। यो अवस्थामा सुधार ल्याउनु निकै चुनौतीपूर्ण छ।
दुई छोराहरुकी आमा र एक चल्तीकी फिजिसियनकी श्रीमान जुलीले गत साल पाॅच महिनासम्म चलेको ‘लेजिस्लेटिभ सेसन’ भर आफूले चुनाव ताका प्रतिबद्धता गरेकै विषयवस्तुहरुलाई केन्द्रित गरेर कानूनहरु तर्जुमा गर्न हाउसका दुबै पार्टीका सहकर्मी ल-मेकरहरुसंग सहकार्य गरेको बताइन्। उनले उपभोक्ताको हित संरक्षणसंग सम्वन्धित कतिपय कानूनी प्रावधानहरु परिमार्जन गर्न र सार्वजनिक विद्यालय सुधारका लागि आवश्यक बजेट विनियोजनका लागि समेत पहल गरेको प्रस्तोता इशासंगको सम्वादमा भनिन्।
टेक्सस हाउस अफ रिप्रिजेन्टेटिभ जुली जस्ता एलजिबिटी समुदायबाट निर्वाचित जनप्रतिनिधीहरु अहिले अमेरिकाका सबै राज्यहरुमा छन्। अमेरिकी राज्य कोलोराडो र अरिगनका गभर्नर, म्यासाचुसेट्स र मिसिगनका एटर्नी जनरल, अमेरिकी कंग्रेसमा दुई सिनेटर र सातजना हाउस अफ रिप्रिजेन्टेटिभका सदस्यहरु सहित राज्य र स्थानीय स्तरमा कैयन एलजिबिटी समुदायका प्रतिनिधिहरु निर्वाचित भएका छन्।
नेपाली समुदायको उल्लेखनीय बसोवास रहेको उनको निर्वाचन क्षेत्र डिस्ट्रिक्ट-११५ बाट आगामी नोभेम्वर ३ मा हुने निर्वाचनबाट पून निर्वाचित हुन हिमालय खबर मार्फत रिप्रिजेन्टेटिभ जुलीले नेपाली समुदायको तर्फबाट सहयोग प्राप्त हुने अपेक्षा गरेकी छिन्।
गैर आवासीय नेपाली परिचयपत्र वितरण भने तत्काललाई स्थगित
- हिमालयखबर संवाददाता, वसिङटन डिसी
अमेरिका स्थित नेपाली दुतावासले भिषा, ट्राभल डकुमेन्ट लगायतका सेवाहरु हुलाक मार्फत नै दिइने जनाएको छ । जनवरी २२ मा सूचना जारी गर्दै दुतावासले प्रमाणीकरण र पहिले एमआरपी लिइसकेकाहरुलाई राहदानी हुलाक मार् ...
अमेरिका- सगुनको शेयरमा पैसा हाल्ने लगानीकर्ताले नाफा होइन सावांपनि माया मार्दा हुने समाचार सार्वजनिक भएको छ ।
खोज पत्रकारिता केन्द्रले हालै सार्वजनिक गरेको समाचार अनुसार सगुनले हज्जारौ नेपालीलाई झु ...
‘मानिसहरु किन यतिसम्म निर्दयी हुन्छन् ? भगवान् पनि कति अन्यायी छन् । कसैलाई जन्माएर मिल्काउन दिन्छन् । हामीले चाहिँ ऊ जुनीमा के पाप गरेका थियौँ र यतिका वर्षसम्म पनि एउटा नानी नदिएका होलान् ?’ अनलाइनको ...
अमेरिका - टेक्सस नेप्लिज मेडिकल एशोसियशनले टेक्ससमा नेपाली समुदायको सुविधाका लागि स्वास्थ्य उपचार केन्द्र (क्लिनिक) संचालन गर्ने योजना वनाईरहेको छ ।
एशोसियनका अध्यक्ष डा संजिव श्रेष्ठले यो संवेदनश ...
प्रतिक्रिया