मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पाटनमा भव्य रुपमा इन्द्रजात्रा मनाउँदै

पाटनमा भव्य रुपमा इन्द्रजात्रा मनाउँदै


ललितपुर । वर्षा र सहकालका देवता इन्द्रको पूजाआराधना गरी आज साँझ पाटन सुन्धारा निवासी ११ टोलका टोलवासीले इन्द्रजात्रा पर्व मनाउँदैछन् । हरेक वर्ष भदौ शुक्ल चतुर्दशीका दिन पर्ने यो पर्व पाटनको सुन्धारा, काठमाडाँै, भक्तपुरलगायत देशका केही स्थानमा मनाउने गरिन्छ । 
 
बिहीबार भाद्र शुक्ल द्वादशीका दिन पाटनको च्यासलमा लगनखेलका १९ टोलवासीले पाँच फिट अग्लो लिङ्गो ठड्याएर इन्द्रजात्रा पर्व शुरुआत गरिसकिएको भीमसेनबहाल निवासी ७१ वर्षीय सूर्यमान डङ्गोलले जानकारी दिए । उनले भने, “काठको खाटमा काठकै इन्द्रको मूर्ति बनाई च्यासलमा गुभाजु र पुरोहितबाट घण्टी बजाई सम्येबजी चढाएर पर्व मनाइसकेका छन् ।”
 
सुन्धारामा पनि इन्द्रजात्रा पर्व यसैगरी मनाउने गरिन्छ । पाटनमा सो पर्व चार दिनसम्म मनाइने भएकाले शनिबार भाद्र शुक्ल पूर्णिमाको दिन पाटनको मङ्गलबजार, टङ्गाल र आइतबार साँझ गाःबहालका टोलवासीले इन्द्रजात्रा पर्व मनाउने गर्छन् । 
 
इन्द्रकी आमाले अष्टमीको व्रत गर्न पारिजातको फूल ल्याउन उनलाई आग्रह गरेपछि इन्द्रले पारिजातको फूल देवलोक र पाताललोकमा नपाएर पृथ्वीलोक लिन आएका थिए भन्ने किंवदन्ती छ । 
 
पारिजातको फूल खोज्ने क्रममा राजा इन्द्रले एउटा मालीको बगैँचामा सो फूल देखेर टिप्न खोज्दा मालीले चोर भनी समातेर बेइज्जत गरेको भनाइ पनि जनजिब्रोमा छ । छोरा घर नआएपछि इन्द्रकी आमा खोज्दै जाने क्रममा पृथ्वी आइपुगिन् । त्यसबेला रात परिसकेको भएतापनि उनको तेज र शक्तिको प्रभावले पृथ्वी उज्यालो भयो । 
 
मालीले सबै कुरा थाहा पाएर आमाछोरालाई सम्येबजी खुवाएर आरधना गरी माफ मागेको जनश्रुति रहेको छ । त्यसैले पाटनवासीले इन्द्रजात्रा पर्वमा विशेषगरी छोरीचेली बोलाएर सम्येबजी खुवाउने गरेका छन् । पाटनमा मनाइने यो पर्व काठमाडाँै र भक्तपुरमा मनाइनेभन्दा केही फरक छ ।