मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु

डाक्टरको लापरबाहीले सुत्केरीको मृत्यु


बाजुरा । जिल्ला अस्पताल बाजुरामा अत्यधिक रक्तश्रावका कारण सुत्केरीको मृत्यु भएको छ । बडीमालिका नगरपालिका–७ जिल्लीकी २१ वर्षीया वसन्ती नेपालीको अत्यधिक रक्तश्रावका कारण मृत्यु भएको अस्पतालले जनाएको छ । 
 
नेपालीले बच्चा जन्माउन नसक्ने भएपछि चिकित्सकद्वय दुर्गा महर्जन र टीकाराम राईले भ्याकुम प्रयोग गर्दा सुत्केरीको पाठेघरबाट अत्यधिक रगत बगेपछि उनको मृत्यु भएको जिल्ला अस्पतालका निमित्त प्रमुख डा रोहित गिरीले बताए । 
 
दुई जना चिकित्सक उपचारमा खटिएको र बचाउने प्रयास गर्दा गर्दै रक्तश्राव बढी भएका कारण ज्यान गएको उनको भनाइ छ । 
 
चिकित्सकको लापरबाहीका कारण वसन्तीको मृत्यु भएको उनका आफन्तले आरोप लगाएका छन् । उपचारमा बेवास्ता गरेका कारण ज्यान गएको वसन्तीका आफन्त प्रकाशबहादुर नेपालीको आरोप छ । 
 
“चिकित्सकलाई पटकपटक खबर गर्दा पनि चासो देखाएनन्”, उनले भने । उनका श्रीमान् रोजगारीका सिलसिलामा कुबेतमा छन् । घरमा तीन वर्षीय छोरा छन् ।