मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

समृद्धिको जग बसिसक्यो, अब परिणाम आउँछ : मन्त्री बाँस्कोटा

समृद्धिको जग बसिसक्यो, अब परिणाम आउँछ : मन्त्री बाँस्कोटा


अर्घाखाँची । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सरकारले मुलुकको समृद्धिको जग बसाइसकेकोले यसको परिणाम केही समयमै देखिने दाबी गरेका छन् । 
 
राजनीतिक अधिकारप्राप्तिको लडाईं पूरा भएकाले अबको समय उत्पादन, निर्माण र विकास रहेको भन्दै मन्त्री बाँस्कोटाले उत्पादनका क्षेत्रलाई बलियो बनाएर उत्पादकत्व बढाउने र त्यसैका माध्यमबाट समृद्धिलाई साकार पारिने बताए । 
 
अर्घाखाँचीको ठाडामा रेडियो शीतगंगा तथा खुला तीज गीत प्रतियोगितामा उनले जनताको विश्वासलाई वर्तमान सरकारले कुठाराघात र बेइमानी नगर्ने बताए । सरकारले विकास गरेन भनेर भन्ने दूष्प्रचार भइरहेको बताउँदै अब सरकार खरोरुपमा उत्रने बताए । 
 
उनले जनताको परीक्षामा सरकार उत्तीर्ण भउरै छाड्ने दाबी गरे । कसैले गलत प्रचार गर्दैमा सरकारलाई कुनै फरक नपर्ने बताउँदै उनले सरकारले समृद्धिका आधार तय गरिसकेको र तिनलाई साकार पार्न निजी र सहकारी क्षेत्रसँग पनि सहकार्य गर्नेगरी योजना बनाइरहेको उल्लेख गरे । 
 
जनताको विश्वास र जनमतलाई आधार मानेर सरकारले काम गरिरहको बताउँदै उनले गरीबी र समाजमा व्याप्त कुरीतिको अन्त्य गर्न सरकार लागिरहेको बताए । विकास निर्माणका कामलाई प्रभावकारी बनाउन निर्देशन दिँदै उनले विकासका काममा कुनै पनि प्रकारको राजनीति नहुने प्रष्ट पारे । 
 
मन्त्री बाँस्कोटाले आमसञ्चारका माध्यम र पत्रकारिता क्षेत्रलाई अझ जवाफदेही, जिम्मेवार र पारदर्शी बनाउन आवश्यक रहेको बताउँदै सरकारले प्रस्ताव गरेको विधेयकले आमसञ्चारलाई नै बलियो बनाउन ल्याइएको बताए । 
 
सरकारको विरोधमा भ्रामक खबर छाप्ने र असत्यलाइृ पुष्टि हुनेगरी झुठ बोल्ने र लेख्नेलाई जवाफदेही बनाउन विधेयक ल्याउन लागिएको बताए ।