मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रधानमन्त्री ओली उपचारार्थ सिंगापुर प्रस्थान

प्रधानमन्त्री ओली उपचारार्थ सिंगापुर प्रस्थान


काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओली उपचारका लागि फेरि सिंगापुर प्रस्थान गरेका छन् । 
 
त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न उपप्रधान एवम् रक्षामन्त्री ईश्वर पोखरेल, सभामुख कृष्णबहादुर महरा, राष्ट्रिय सभाका अध्यक्ष गणेशप्रसाद तिमिल्सिना र मन्त्रीहरु पुगेका थिए । 
 
प्रधानमन्त्री ओलीसँगै उनकी पत्नी राधिका शाक्य पनि सिंगापुर गएकी छन् ।
 
गृहमन्त्री रामबहादुर थापा बादल, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, नेकपाका महासचिव विष्णु पौडेल, नेकपा संसदीय दलका उपनेता सुवासचन्द्र नेम्वाङ, प्रधानमन्त्रीका विदेश मामिला सल्लाहकार डा राजन भट्टराई, परराष्ट्र मन्त्रालयका सचिव शंकरदास बैरागीलगायत प्रधानमन्त्री ओलीलाई बिदाइ गर्न पुगेका थिए ।
 
सिङ्गापुरस्थित न्यासनल युनिभर्सिटी अस्पतालमा स्वास्थ्य परीक्षणका लागि उनी प्रस्थान गरेका हुन् ।  सोही अस्पतालमा स्वास्थ्य परीक्षण गरी उनी साउन २७ गते  स्वदेश फर्किएका थिए ।  
 
प्रधानमन्त्री ओलीका निजी चिकित्सक डा शाहले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “ मिर्गौलासम्बन्धी एन्टीवडीको मात्रा बढी देखिन पुगेको थियो ।
 
एन्टीवडीलाई शरीरबाट निष्कासन गरी निराकरण गर्ने उपचार विधिलाई निरन्तरता दिन उनी त्यसतर्फ जान लागेका हुन् । 
 
सिङ्गापुरमा रहँदा न्यासनल युनिभर्सिटी अस्पतालमै नेपाली चिकित्सकका साथमा त्यहाँका विज्ञ टोलीले उनको मिर्गौलाको थप परीक्षण र क्षमताको अभिवृद्धिका लागि आवश्यक उपचार गर्नेछन् ।”