मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुडासैनी मृत्यु प्रकरणमा भरतपुरकी मेयरले मुख खोलिन्

पुडासैनी मृत्यु प्रकरणमा भरतपुरकी मेयरले मुख खोलिन्


चितवन । पत्रकार शालिकराम पुडासैनी मृत्यु प्रकरणमा भरतपुर महानगरकी मेयर रेनु दाहालले विज्ञप्तिमार्फत् ध्यानाकर्षण भएको जनाएकी छन् । 
 
उनले बिहीबार जारी गरेको विज्ञप्तिमा पुडासैनीको मृत्युका सम्बन्धमा सम्बन्धित निकायबाट भइरहेको अनुसन्धानको विषयलाई लिएर उत्पन्न असहज परिस्थितिप्रति महानगरको गम्भीर ध्यानाकर्षण भएको जनाइएको छ ।   
 
उनले ‘घटनामा सरोकार नै नभएका राज्यका उच्चपदस्थ नेतृत्व र भरतपुर महानगरका मेयर रेनु दाहाललाई जोडेर भ्रामक प्रचार गर्ने काम भएको’ भन्दै आपत्ति जनाएकी छिन् । 
 
विज्ञप्तिमा सामाजिक सञ्जालको दुरूपयोग गरेर कपोकल्पित, मनगढन्ते अनगर्ल तथा भ्रामक विचारहरु सम्प्रेषण गर्ने, अपशव्द प्रयोग एवम् गालीगलौज गरी व्यक्तिको वैयक्तिक स्वतन्त्रतामाथि मानमर्दन गर्ने र अराजक परिस्थिति सिर्जना गर्ने प्रवृत्ति देखिनु दुखद भएको उल्लेख गरेकी छन् ।
 
घटनासँग सम्बन्ध नभएका व्यक्ति एवम् संस्थालाई जोडेर अनावश्यक टीकाटिप्पणी र घटनालाई विषयान्तर नगर्न पनि दाहालले सबैसँग अनुरोध गरेकी छिन् । 
 
उनले कुनै व्यक्तिको अस्वाभाविक मृत्यु हुनु दुखद विषय भएको र मृत्युको कारणका लागि निष्पक्ष छानबिन गर्ने दायित्व सरकारको, मुद्दाको अनुसन्धान गर्ने जिम्मा प्रहरीको, अभियोजन गर्ने दायित्व सरकारी वकिलको र न्याय निरुपण गर्ने दायित्व सम्मानित अदालतको भएको हुँदा ‘दोषी नछुटून्, निर्दोष नपरुन्’ भन्ने मान्यताका आधारमा शीघ्र न्यायिक निरुपणका लागि सम्बन्धित पक्षसँग आग्रह गरेकी छन् ।