मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

हिरासतबाट छुटेको पाँच मिनेटमा मेरो संलग्नता नरहेको पुष्टि गर्न सक्छु : रवि लामिछाने

हिरासतबाट छुटेको पाँच मिनेटमा मेरो संलग्नता नरहेको पुष्टि गर्न सक्छु : रवि लामिछाने


चितवन । शालिकराम पुडासैनी मृत्यु प्रकरणमा अनुसन्धानका लागि हिरासतमा रहेका रवि लामिछानेले आफू रिहा भए पाँच मिनेटमै घटनामा आफ्नो संलग्नता नभएको प्रमाणित गर्न सक्ने बताएका छन् । 
 
रविकी श्रीमती निकिता पौडेलको फेसबुक स्टाटसमार्फत रवि लामिछानेले यस्तो बताएको उल्लेख गरिएको छ । फेसबुक स्टाटसमा लेखिएको छ, यो घटनालाई लिएर प्रहरीले मलाई पाँच वर्ष नै थुन्ने नियत देखाएको हुँदा देश तथा विदेशमा रहनुभएका मेरा सम्पूर्ण शुभचिन्तकहरुलाई म के भन्न चाहन्छु भने मलाई हिरासतबाट निकालेको पाँच मिनेटभित्रै यो घटनामा मेरो कहीँकतै संग्लनता छैन भनेर म प्रमाणित गर्न सक्छु ।  
 
रविले घटनाको छानबिनमा प्रहरीले समय लगाएको र आफूलाई नियतवश फसाउन लागेको आरोप लगाएका छन् ।
 
साउन ३० गते शालिकराम पुडासैनी मृत्यु प्रकरणमा रविसहित युवराज कँडेल र अस्मिता कार्कीलाई नियन्त्रणमा लिइएको थियो । उनीहरुको पाँच(पाँच दिन गरी १० दिनको म्याद थप गरेर अनुसन्धान भइरहेको छ । 
 
बुधबार दिउँसो रवि श्रीमती निकिता काठमाडौं महानगरीय प्रहरी परिसरमा शालिकरामको मृत्युअघि खिचिएको भिडियो सक्कली नभएको भन्दै उजुरी दिन गएका थिइन् । तर, प्रहरीले उक्त घटना चितवन प्रहरी र सीआइृबीको टोलीले अनुसन्धान गरिरहेको भन्दै उजुरी लिन अस्वीकार गरेको थियो । 
 
निकिताले चितवनका प्रहरी उपरीक्षक दानबहादुर मल्ल, नेपाल प्रेस काउन्सिलका कार्यवाहक अध्यक्षसमेत रहेका जनआस्था साप्ताहिकका सम्पादक किशोर श्रेष्ठ र नेपाल आज अनलाइनका सम्पादक संकेत कोइरालाविरूद्ध जाहेरी दिन खोजेको बताइएको छ । 
 
परिसरका प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदीले पत्रकार पुडासैनीको मृत्यु प्रकरणका बारेमा चितवन प्रहरीले अनुसन्धान गरिरहेकाले आफूहरुले जाहेरी दर्ता नगरेको प्रतिक्रिया दिए । “त्यो चितवनमा विचाराधीन मुद्दा हो । कानुनीरुपमा पनि हाम्रो क्षेत्राधिकारभन्दा बाहिर रहेकाले हामीले जाहेरी दर्ता नगरेका हौँ, उनले भने ।