मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पुडासैनी मृत्यु प्रकरण रहस्यमय बन्दै, सीआईबीले पनि अनुसन्धान गर्ने

पुडासैनी मृत्यु प्रकरण रहस्यमय बन्दै, सीआईबीले पनि अनुसन्धान गर्ने


चितवन । माउन्टेन टेलिभिजनमा कार्यरत पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरण थप रहस्यमय बनेको छ । साउन २० गते चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुमा झुन्डिएको अवस्थामा मृत भेटिएका नुवाकोट बेलकोटगढी नगरपालिका वडा नं ३ का पुडासैनीसँग जोडिएका विभिन्न प्रमाण संकलनको कार्य भइरहेको छ । 
 
साउन २२ गते त्रिवि शिक्षण अस्पताल महाराजगंजमा मृतकको शव परीक्षणका लागि पठाइएकोमा आइतबारमात्रै प्रहरीले पोष्टमार्टम रिपोर्ट र पुडासैनीले मृत्युअघि रेकर्ड गरिएको भनिएको भिडियोको फरेन्सिक ल्याबको रिपोर्ट प्राप्त गरेको छ । हत्या वा आत्महत्याको कारण पोष्टमार्टम रिपोटमा खुले पनि प्रहरीले प्रमाण जुटाउने कार्य भइरहेको भन्दै गोप्य राखेको छ । 
 
यसैबीच, शालिकराम पुडासैनी मृत्यु घटनाको अनुसन्धान पेचिलो बन्दै गएपछि केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)ले सुक्ष्म अनुसन्धान गर्ने गरी ब्यूरोका प्रवक्ता एसपी दीपक रेग्मीलगायत प्रहरी अधिकृतहरु चितवन आएका छन् ।  
 
पुडासैनी मृत्युको भिडियो सार्वजनिक भएसँगै आरोपितहरु पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्कीलाई प्रहरीले पक्राउ गरी चितवन ल्याएको थियो । चितवन अदालतमा पाँच दिन म्याद थप गरी तीनै जनालाई प्रहरी हिरासतमा राखी अनुसन्धान भइरहेको छ । अदालतको पाँच दिनको म्याद भोलि सोमबार सकिँदैछ ।
 
पत्रकार रवि लामिछाने र युवराज कँडेललाई न्यूज २४ को कार्यालयबाटै गिरफ्तार गरी चितवन ल्याइएपछि देशका विभिन्न जिल्लाबाट स्वतःस्र्फूत उपस्थित भएका रविका हजारौँ समर्थकहरुले शान्तिपूर्ण प्रदर्शन र नाराबाजी गरिरहेका छन् । 
 
जनताको आशा र भरोसाका बिम्ब रविलाई फसाउने षडयन्त्र हुनसक्ने भन्दै समर्थकहरुले जिल्ला प्रहरी कार्यालय र जिल्ला अदालतअगाडि र चौबीसकोठीमा खबरदारी सभा गरिरहेका छन् । 
 
अभियन्ता ज्ञानेन्द्र शाही, रमेश प्रसाईंलगायतले सत्यतथ्य छानबिन गरी निर्दोषलाई रिहा गर्नुपर्ने जनाएका छन् । मृतक पुडासैनीले न्याय पाउनुपर्ने र षडयन्त्रपूर्वक निर्दोष व्यक्तिहरुलाई फसाउन खोजिए त्यो राज्यकै लागि महँगो सावित हुने जनआवाज उठेको छ । 
 
प्रहरी परिसरमा किटानी जाहेरी  
 
यसबीच, चितवनमा पत्रकार पुडासैनीको मृत्यु प्रकरणको अनुसन्धान भइरहँदा पुडासैनीका मृतककी श्रीमती सम्झना घिमिरे पुडासैनीले आफैँ उपस्थित भई आइतबार महानगरीय प्रहरी परिसर टेकुमा किटानी जाहेरी दिएकी छन् ।  
 
पुडासैनीको परिवारले परिसरमार्फत जिल्ला प्रहरी कार्यालय चितवनमा उक्त किटानी जाहेरी दिएको प्रहरीले जनाएको छ । भिडियोमा आरोपित पत्रकार रवि लामिछाने, युवराज कँडेल र नर्स अस्मिता कार्की (रुकु)विरुद्ध किटानी जाहेरी परेको चितवन प्रहरी प्रवक्ता एकनारायण कोइरालाले जानकारी दिए । 
 
आरोपित तीन जनाविरुद्ध किटानी जाहेरी नपर्दै प्रहरीले आत्महत्या दुरुत्साहनको मुद्दा चलाएको छ । 
 
निष्पक्ष न्यायका लागि सर्वदलीय बैठक
 
रविका हजारौँ समर्थकहरुले दिनहुँ प्रदर्शन र नाराबाजी गर्न थालेपछि शान्ति सुरक्षा कायम गर्न निमित्त प्रजिअ जनकराज पन्तको अध्यक्षतामा सर्वदलीय बैठक बसेको छ । 
 
छलफलमा नारायणगढको पोखरा बसपार्कस्थित होटल कंगारुमा झुण्डिएको अवस्थामा मृत भेटिएका शालिकराम पुडासैनीको मृत्यु सम्बन्धमा आवश्यक अनुसन्धानका लागि जिल्ला अदालतबाट म्याद थप गरी न्यायिक हिरासतमा रहेका पत्रकार रवि लामिछानेसहित तीन जनाको सम्बन्धमा स्वच्छ र निष्पक्ष न्याय सम्पादनका लागि पक्ष र विपक्षमा नभई शान्ति कायम गर्न प्रहरी प्रशासनलाई सहयोग पु¥याउन अपिल गर्ने निर्णय भएको छ । 
 
यस्तै, अदालतबाट म्याद लिई न्यायिक हिरासतमा रहेका व्यक्तिका सन्दर्भमा स्वच्छ र निष्पक्ष छानबिन गरी न्याय निरुपण कार्यमा सहयोग पु¥याउन र शान्ति सुरक्षा कायम गर्नेजस्ता संवेदनशील विषयमा आमसमुदायमा अपिल गर्ने निर्णयसमेत भएको छ । 
 
यस्तै, जनताको दैनिक जीवनमा असर पुग्नेगरी शान्ति सुरक्षा, स्वच्छ, निष्पक्ष न्याय सम्पादनमा खलल पार्ने गरी प्रदर्शन, तोडफोड लगायतका कार्यलाई निरुत्साहित गर्ने निर्णय गरिएको छ । बैठकको निर्णयमा प्रदेश सांसद् घनश्याम दाहाल, जिल्ला प्रशासन कार्यालयका निमित्त प्रजिअ जनकराज पन्त, एसपी दानबहादुर मल्ल, विभिन्न राजनीति दलका प्रतिनिधिहरुले हस्ताक्षर गरेका छन् ।