मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार पक्राउको शैलीप्रति महासंघको आपत्ति

पत्रकार पक्राउको शैलीप्रति महासंघको आपत्ति


काठमाडौँ । नेपाल पत्रकार महासंघले पत्रकार शालिकराम पुडासैनीको आत्महत्याको प्रकरणलाई लिएर पत्रकार रवि लामिछाने र युवराज कँडेललाई पक्राउ गर्ने क्रममा सञ्चारमाध्यमको संवेदनशीलतालाई समेत ख्याल नगरी प्रहरीले बलजफ्ती रुपमा न्यूज २४ टेलिभिजनको कार्यालयमा प्रवेश गरी पत्रकार दुव्र्यवहार र पक्राउको शैलीप्रति गम्भीर ध्यानाकर्षण भएको जनाएको छ ।
 
प्रहरीले आफ्नो सीमा, मर्यादा, अन्तर्राष्ट्रिय मापदण्ड मिचेर टेलिभिजनको कार्यालयमा बलजफ्ती रुपमा प्रवेश गरी पत्रकारमाथि अभद्र व्यवहार गरेको महासंघले जनाएको छ । पत्रकार पुडासैनीको आत्महत्याको प्रकरणका सम्बन्धमा कानूनी रुपमा निष्पक्ष र स्वतन्त्र ढंगबाट छानबिन गर्न यसअघि नै महासंघले आफ्नो धारणा सार्वजनिक गरिसकेको छ ।
 
बिनाजानकारी पत्रकारिताको सामान्य संवेदनशीलतालाई ख्याल नगरी टेलिभिजन कार्यालयमा प्रवेश गरेर प्रहरीले देखाएको शैली र दुव्र्यवहार आफैंमा दुःखद् र निन्दनीय काम भएको र प्रहरीको सो कार्य प्रेस स्वतन्त्रतामाथि हस्तक्षेप हुनुका साथै संविधानविपरीत भएको महासंघले ठहर गरेको छ । 
 
यही साउन २० गते राति चितवनको पोखरा बसपार्कस्थित होटल कंगारुको कोठा नं १०२ मा पत्रकार पुडासैनीको शंकास्पद अवस्थामा झुन्डिएको अवस्थामा शव फेला परेको थियो । त्यसपछि साउन २२ गते शव पोष्टमार्टमका लागि त्रिवि शिक्षण अस्पताल महाराजगन्ज ललिएको थियो । तर, हालसम्म पनि पोष्टमार्टम रिपोर्ट आइनसकेको प्रहरीको भनाइ छ । 
 
यसैबीच, पुडासैनीको परिवारले १३औँ दिनको किरिया सकेर चितवन आएका छन् । उनीहरुले मृत्युको निष्पक्ष छानबिनको लागि निवेदन दिएका थिए । निवेदनमा कसैप्रति किटानी जाहेरी परेको छैन ।