मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

छाया सरकारका गृहमन्त्री भन्छन्- पुडासैनी मृत्यु प्रकरणमा पूर्वाग्रह नराखी छानबिन होस्

छाया सरकारका गृहमन्त्री भन्छन्- पुडासैनी मृत्यु प्रकरणमा पूर्वाग्रह नराखी छानबिन होस्


चितवन । नेपाली कांग्रेसका नेता एवम् कांग्रेसको छाया सरकारका गृहमन्त्री दिलेन्द्रप्रसाद बडूले चितवन प्रहरी हिरासतमा रहेका रवि लामिछानेसँग भेट गरेका छन् ।
 
पत्रकार लामिछानेसँगको भेटमा रविले निष्पक्ष छानबिनमा सघाउन आफू तयार रहेको बताएको उनले बताए । 
 
उनले चितवनका प्रजिअ जितेन्द्र बस्नेत र एसपी दानबहादुर मल्लसँग भेट गरी पत्रकार शालिकराम पुडासैनीको मृत्यु प्रकरणमा कुनै पनि पूर्वाग्रह नराखी निष्पक्ष छानबिन गर्न माग गरेका छन् । 
 
बिहीबार प्रहरीले न्यूज २४ को कार्यालयबाटै गिरफ्तार गरी पत्रकार लामिछाने र युवराज कँडेललाई नियन्त्रणमा लिएको थियो । यसअघि रुकु भनिने अस्मिता कार्कीलाई पनि पक्राउ गरिएको थियो । तीनै जनालाई बिहीबार राति नै चितवन ल्याई भरतपुर अस्पतालमा स्वास्थ्य परीक्षण गरी शुक्रबार चितवन अदालतमा म्याद थपका लागि लगिएको थियो । 
 
शुक्रवार जिल्ला अदालत चितवनका न्यायाधीश विनोदकुमार गौतमको इजलासले तीनैजनालाई पाँच दिन हिरासतमा राखी अनुसन्धान गर्न आदेश दिएको थियो ।