मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सार्वजनिक यातायातमा अपशब्द बोले पाँचहजार जरिवाना

सार्वजनिक यातायातमा अपशब्द बोले पाँचहजार जरिवाना


काठमाडौं उपत्यकाभित्र चल्ने सवारी साधनभित्र अपशब्द बोलेमा जरिवाना लाग्ने भएको छ । सार्वजनिक यातायातमा अप शब्द प्रयोग गर्नेलाई प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्ने प्रस्ताव सरकारले गरेको छ ।
 
सार्वजनिक यातायातमा सहचालकले यात्रुलाई अपशब्द बोल्दै गाली गरेको भन्ने गुनासो बढ्दै गएपछि यो नियम कार्यान्वयन गर्न लागिएको हो । परिवारका सदस्य र साथीसँगै हुँदा सुन्न नसकिने शब्द सार्वजनिक यातायातमा प्रयोग भए पनि कसैलाई कारबाही हुँदैन । अब सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई प्रहरीले एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना गर्नेछ । 
 
भौतिक पूर्वाधार तथा यातायात मन्त्री रघुवीर महासेठले राष्ट्रियसभामा दर्ता गरेको ‘काठमाडौँ उपत्यका सार्वजनिक यातायात प्राणिकरण गठन सम्बन्धी व्यवस्था गर्न बनेको विधेयक’ मा सार्वजनिक यातायातमा अपशब्द प्रयोग गर्नेलाई पाँच हजारसम्म जरिवाना गर्ने प्रस्ताव गरिएको छ । काठमाडौँ उपत्यकाको सार्वजनिक यातायातलाई प्राधिकरणमार्फत व्यवस्थित बनाउन सरकारले नयाँ कानून बनाउन लागेको हो । 
 
विधेयकमा सार्वजनिक यातायातमा भाडा नतिर्ने यात्रु, अनाआवश्यक सहुलियत दिने, यात्रुसँग अमर्यादित व्यवहार गर्नेलाई एक हजारदेखि पाँच हजार रुपैयाँसम्म जरिवाना प्रस्ताव गरिएको छ । त्यस्तै सार्वजनिक यातायातमा क्षति पु¥याउने फोहर गर्ने वा सवारी साधानबाट सडक फोहोर फाल्नेलाई पनि पाँच हजार रुपैयाँसम्म जरिवाना हुने प्रावधान विधेयकमा राखिएको छ ।