मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

नेपालमा बर्सेनि पाँच हजारले गर्छन् आत्महत्या

नेपालमा बर्सेनि पाँच हजारले गर्छन् आत्महत्या


काठमाडौँ । नेपालमा बर्सेनि पाँच हजारभन्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेका छन् । प्रेममा आफूले भनेजस्तो नहुनु, परीक्षामा आफूले सोचेजस्तो नतिजा नआउनु, परिवारबाट बारम्बार तनाव दिनुलगायतका समस्याले बर्सेनि ठूलो संख्यामा मानिसले आत्महत्या गर्ने गरेका हुन् । 
 
प्रहरी प्रधान कार्यालयले दिएको जानकारीअनुसार आर्थिक वर्ष २०७५/७६ मा पाँच हजार १५५ जनाले आत्महत्या गरेका छन् । आत्महत्याका विभिन्न रूप भए पनि झुण्डिएर सबैभन्दा धेरै व्यक्तिले आत्महत्या गर्दछन् । 
 
आव २०७५/७६ मा झुण्डिएर तीन हजार ८६३, बिष खाएर एक हजार १८२, हामफालेर ४७, पानीमा हामफालेर २३, आगो लगाएर २२, हातहतियारबाट १३, करेन्ट लगाएर चार र विष्फोटक पदार्थ प्रयोग गरेर एक जनाले आत्महत्या गरेका छन् । 
 
केन्द्रीय प्रहरी प्रवक्ता एवं प्रहरी नायव महानिरीक्षक विश्वराज पोखरेल घरायसी तनाव र प्रेम सम्बन्धमा बाधा पुग्दा धेरै व्यक्तिले आत्महत्या गर्ने गरेको बताउँछन् । मानिसमा हुने तनावलाई कम नगरेसम्म आत्महत्यामा कमी नआउने उनको भनाइ छ । 
 
आव २०७४/७५ को तुलनामा आव २०७५/७६ मा आत्महत्या गर्नेको सङ्ख्यामा कमी आएको छ । आव २०७४/७५ मा पाँच हजार ३१७ ले आत्महत्या गरेका थिए । काठमाडौँ उपत्यकामा आव २०७५/७६ मा ५३९ ले आत्महत्या गरेका छन् । उपत्यकामा आव २०७४/०७५ मा ५०६ ले विभिन्न कारणले आत्महत्या गरेका थिए ।