मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

एक्लो प्रयासले मात्र न्याय स्वतन्त्र र निष्पक्ष हुँदैन : प्रधानन्याधीश जवरा

एक्लो प्रयासले मात्र न्याय स्वतन्त्र र निष्पक्ष हुँदैन : प्रधानन्याधीश जवरा


काठमाडौँ । प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले स्वतन्त्र, निष्पक्ष न्यायपालिका निर्माणका लागि अदालतको एक्लो प्रयासले मात्र नहुने हुँदा सबैलाई सहयोग गर्न आग्रह गरेका छन् । 
 
सर्वोच्च अदालत बार एशोसिएसनले आयोजना गरेको तीनदिने गोष्ठीको उद्घाटन समारोहमा उनले स्वतन्त्र र निष्पक्ष न्यायपालिका निर्माणका लागि सरोकारवाला पक्षसँगको सहकार्य जरुरी भएको बताए । 
 
प्रधानन्यायाधीश राणाले गत भदौदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी) कार्यान्वयनमा आएर एक वर्षको अनुभव लिइसेकेको उल्लेख गर्दै आगामी दिनमा अभ्यासमा अझ बढी निखार हुँदै जाने विश्वास व्यक्त गरे । 
 
उनले निजी अन्तर्राष्ट्रिय कानुन, करार कानुन र दुस्कृति विषयमा तीनदिने गोष्ठीले अभ्यासका लागि धेरै ज्ञान मिल्ने उल्लेख गरे । 
 
नेपाल बार एशोसिएनका अध्यक्ष चण्डेश्वर श्रेष्ठले कानूनका विभिन्न विषयमा बेलाबेलामा हुने यस खालका गोष्ठीले कानुनको अध्ययन र अभ्यासमा सहयोग पुग्ने विश्वास व्यक्त गरे । 
 
सर्वोच्च अदालत बारका अध्यक्ष वरिष्ठ अधिवक्ता खगेन्द्रप्रसाद अधिकारीले निजी अन्तर्राष्ट्रिय कानून, करार र दुस्कृतिसम्बन्धी अन्तर्राष्ट्रिय र राष्ट्रिय अभ्यासका विषयमा छलफल गरिने जानकारी दिए ।
 
गोष्ठीमा सर्वोच्च अदालतका न्यायाधीश, सातै प्रदेशमा मुख्य न्यायाधिवक्ता, कानून व्यवसायीको सहभागिता रहेको छ । नेपालमा गत वर्षदेखि मुलुकी (देवानी) र मुलुकी (फौज्दारी)को कार्यान्वयनका अवस्था र अन्तर्राष्ट्रिय अभ्यासका विषयमा छलफल हुनेछ ।