मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

माइक्रोको ठक्करबाट बालकको मृत्यु

माइक्रोको ठक्करबाट बालकको मृत्यु


चितवन । पृथ्वी राजमार्गको चुम्लिङ्टारमा माइक्रोको ठक्करबाट एक बालकको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालयका अनुसार मृत्यु हुनेमा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङ रहेका छन् । 
 
काठमाडौँबाट पोखरा जाँदै  गरेको वा३ख ७९५६ नंको माइक्रोले आज बिहान इच्छाकामना गाउँपालिका–३ चुम्लिङ्टारमा बाटो काट्ने क्रममा लमजुङ्को भुजुङ् गाउँपालिका–७ का १० वर्षीय आयुष गुरुङलाई ठक्कर दिएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । 
 
घाइते बालकको भरतपुरस्थित पुरानो मेडिकल कलेजमा उपचारका क्रममा दिउँसो मृत्यु भयो । प्रहरीले माइक्रो र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।