मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

डेँगुका बिरामी बढेपछि उपचारमा ध्यान दिन सरकारसँग आग्रह

डेँगुका बिरामी बढेपछि उपचारमा ध्यान दिन सरकारसँग आग्रह


काठमाडौँ । प्रतिनिधिसभाको शून्य समयमा सुनसरी धरान उपमहानगरपालिकामा घरैपिच्छे डेँगुुका बिरामी देखिएको हुँदा उपचार गर्न सरकारको ध्यानाकर्षण गरिएको छ ।
 
प्रतिनिधिसभाको आजको बैठकमा मीना सुब्बाले घरैपिच्छे डेँगुुको बिरामी देखिँदा दुई महिलाको मृत्यु भइसकेको र चार हजारमा रोेग देखिएकोले सो रोग तत्काल नियन्त्रणमा ल्याउन स्वास्थ्य मन्त्रालयको ध्यानाकर्षण गराए । 
 
सांसदहरू राजेन्द्रकुमार राई र रानी मण्डलले तराईमा डुबानको समस्याका कारण धेरै मानिस घरबारविहीन भएको भन्दै तिनीहरूका लागि सरकारले तत्काल राहत प्रदान गर्न आग्रह गरे ।
 
सांसद महेश्वरजंग गहतराजले तराईमा वर्षैपिच्छे डुबानका कारण ठूलो धनजनको क्षति भएको हुँदा शहरी विकास मन्त्रालयले डुबानमुक्त घरका नक्सा बनाई डुबानमुक्त घर निर्माण गर्नुपर्ने सुझाव दिए । 
 
सांसद रामकुमारी झाँक्रीले सरकारी अस्पतालभन्दा गैरसरकारी अस्पतामा मानिसको अकालमा मृत्यु भइरहेको र मानिसको जीवन जस्तो अमूल्य चीजलाई लापरवाही गर्ने निजी अस्पताका डाक्टरलाई कारवाही गर्न सरकारको ध्यानाकर्षण गराए । 
 
सांसद महेश बस्नेतले बनेपा–सिन्धुली सवारी यात्रा गर्ने दोस्रो मुख्य सडक भएको हुँदा उक्त सडकलाई छ लेनको बनाउने विषयमा उचित चासो राख्न भौतिक मन्त्रालयको ध्यानाकर्षण गराए । 
 
सांसद यज्ञराज सुनुवारले ओखलढुङ्गाको विभिन्न स्थान सुक्खाग्रस्त भएर नागरिक निकै आक्रान्त भएको हुँदा दीर्घकालीनरूपमा स्थायी समाधान खोज्न सरकारको ध्यानाकर्षण गराए ।
 
सांसद् रंगमती शाहीले बजारमा बेच्न राखिएका विषादीयुक्त तरकारीले नागरिकको स्वास्थ्यमा गम्भीर असर पुगेको विषयलाई सरकारले गम्भीरतापूर्वक लिनुपर्नेमा जोड दिइन् । सांसद् राजेन्द्रप्रसाद गौतमले सङ्खुवासभा जिल्लामा आगजनी भएर जग्गाको नक्सा नष्ट भएकाले पुनःजग्गा नाप्ने व्यवस्था गर्न माग गरे । रासस