मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

प्रहरीलाई झुक्याएर हिरासतबाटै थुनुवा फरार

प्रहरीलाई झुक्याएर हिरासतबाटै थुनुवा फरार


झापा । लागूऔषधसहित पक्राउ परेका एक व्यक्ति प्रहरी हिरासतबाटै फरार भएका छन् । 
 
अनारमनी इलाका प्रहरी कार्यालयको हिरासतमा रहेका इलाम निवासी २४ वर्षीय शङ्कर गजमेर प्रहरी हिरासतबाटै फरार भएका हुन् । 
 
बिर्तामोडस्थित नयाँ बसपार्कमा आइतबार पक्राउ परेका उनलाई प्रहरीले स्वास्थ्य परीक्षणका लागि अस्पताल पु¥याएको थियो ।
 
बिर्तामोडस्थित कनकाई अस्पताल पु¥याइएका गजमेर अस्पतालको पछाडिपट्टीको झ्याल फुटाएर फरार भएको झापा जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक महेन्द्र श्रेष्ठले जानकारी दिए ।  
 
‘लागूऔषधसहित पक्राउ परेका जगमेर सामान्य बिरामीजस्तो देखिएकाले उपचार गर्न र लागूऔषधको परीक्षण गर्न अस्पताल पु¥याइएकामा त्यहाँबाटै भागेछ उनकोे खोजीकार्य सुरु गरिएको छ’, प्रहरी उपरीक्षक श्रेष्ठले भने ।