मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

सीआईबी हुँ भन्दै लुट्ने नक्कली प्रहरी पक्राउ

सीआईबी हुँ भन्दै लुट्ने नक्कली प्रहरी पक्राउ


काठमाडौँ । केन्द्रीय अनुसन्धान ब्यूरो (सीआईबी)को प्रहरी हुँ भन्दै लुट्ने दुई व्यक्ति पक्राउ परेका छन् ।  
 
महानगरीय प्रहरी वृत्त महाराजगञ्जको टोलीले काठमाडौँ महानगरपालिका–४ को धुम्बाराही स्कुल चोकअगाडि नक्कली प्रहरी बनेर लुट्ने काठमाडौँका दोर्जे तामाङ र नोर्बु तामाङ पक्राउ परेका छन् । 
 
वृत्तका प्रमुख, प्रहरी नायब उपरीक्षक फणीन्द्र प्रसाईंले कास्कीको पोखरा घर भई हाल काठमाडौँ बस्ने ईश्वर घतानेको साथबाट एकथान मोबाइल र रु छ हजार लुटेको उजुरीका आधारमा पक्राउ गरिएको जानकारी दिए । 
 
“सिसीटिभीको सहायताले सादा पोसाकमा गएको प्रहरीले तामाङद्वयलाई पक्राउ गरेको हो”, उनले भने ।
 
पक्राउ परेकासँग चार थान मोबाइल र एउटा स्कुटर बरामद गरिएको छ । पक्राउ परेकासँग आवश्यक अनुसन्धान भइरहेको वृत्तले जनाएको छ ।