मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

पत्रकार रवि रोषीलाई उद्धार न्यूजको जिम्मेवारी

पत्रकार रवि रोषीलाई उद्धार न्यूजको जिम्मेवारी


काठमाडौँ । चितवन घर भई लामो समयदेखि प्रवासमा बसेर आपत्विपद् र मानवीय उद्धारको काममा अभियान सञ्चालन गर्दै आएका पत्रकार रवि रोषी अनलाइन पत्रकारितामा सक्रिय भएका छन् । 
 
विगत १३ वर्ष लामो अवधिदेखि कतारमा रहेर उनले परोपकारी पत्रकारिता गर्दै आएका थिए । उनले नेपालमा उद्धार न्यूज नामक अनलाइनमा प्रधान सम्पादकको जिम्मेवारी सम्हालेका छन् । 
 
अनलाईन पोर्टललगायत उनले कतारबाट प्रकाशित कान्तिपुर प्रवास साप्ताहिक तथा राजधानी अन्तर्राष्ट्रिय साप्ताहिकलगायत विभिन्न प्रतिष्ठित अनलाइन पोर्टल तथा नेपाल तथा विभिन्न देशबाट प्रकाशन हुने साहित्यिक विधाका पुस्तकहरुमा समाचार, साहित्यिक लेखनमा पनि सक्रिय रहँदै आएका थिए । उनले केही वर्ष चितवन पोष्ट दैनिकमा साहित्यतर्फ कथा स्तम्भ लेखेका थिए । 
 
उनी गैरआवासीय नेपाली संघ अन्तर्राष्ट्रिय समन्वय समितिमा स्थापनाकालदेखि प्रत्यक्षरुपमा सक्रिय रही गल्फ मिडिया कोअर्डिनेटरसम्मको कार्यभार सम्हाल्दै आएका थिए । 
 
मानवताको सेवा, समस्यामा परेकाहरुको उद्धार गर्ने उद्देश्यले सूचना विभागमा दर्ता भएको सो अनलाइनको मुख्य कार्यालय काठमाडौँ बुद्धनगरमा रहेको छ ।