मौसम अपडेट

नेपाली पात्रो

विदेशी विनिमय दर अपडेट

राशिफल अपडेट

सुन चाँदी दर अपडेट

Title

नेपाल   

सेवाग्राहीसँग घूस लिँदै गर्दा अधिकृत रंगेहात पक्राउ

सेवाग्राहीसँग घूस लिँदै गर्दा अधिकृत रंगेहात पक्राउ


हेटौँडा । प्रदेश नं ३ को उद्योग वाणिज्य एवम् उपभोक्ता हित संरक्षण निर्देशनालयमा कार्यरत आठौँ तहका अधिकृत चन्दनकुमार अमात्य ५० हजार रुपैयाँ घूस रकमसहित रंगेहात पक्राउ परेका छन् । 
 
अमात्यलाई  घूससहित हेटौँडास्थित कार्यालयबाट आइतबार अख्तियारको टोलीले पक्राउ गरेको अख्तियार दुरुपयोग अनुसन्धान आयोग हेटौँडाका प्रवक्ता देवकुमार राईले जानकारी दिए । 
 
उनलाई उद्योग दर्ताको आईईई प्रतिवेदन स्वीकृत गरिदिने बहानामा सेवाग्राहीसँग घूस लिँदै गर्दा रंगेहात पक्राउ गरिएको प्रवक्ता राईले बताए । अमात्यमाथि थप अनुसन्धान भइरहेको अख्तियार कार्यालयले जनाएको छ । 
 
यसैबीच, अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरानका प्राडा राजकुमार रौनियारसहित दुईजना विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । 
 
प्रतिष्ठानको होस्टल तथा फार्मेसी भवन निर्माणको ठेक्का लिएको श्यामसुन्दर निर्माण सेवाप्रालिसँग सव कन्ट्याक्टर गिना कन्स्ट्रक्सन कम्पनी प्रालिका प्रबन्ध निर्देशक सुशीलकुमार झासँग भवन निर्माणको रकमको भुक्तानी दिँदा घूस मागेको पाइएको आयोगले जनाएको छ ।  
 
आयोगका अनुसार प्राडा रौनियारले पटक–पटक गरी रु एक करोड २८ लाख घूस लिएको पाइएको छ । आयोगले रामहरि रौनियारले मतियारको भूमिका खेलेको भन्दै रु आठ लाख बराबरको बिगो कायम गरी भ्रष्टाचारको मुद्दा दर्ता गरेको प्रवक्ता प्रदीपकुमार कोइरालाले जानकारी दिए ।